Translate

Sunday, February 16, 2025

रास्वपा ११ सदस्य पालिका समिति गठन!


राष्ट्रिय स्वतन्त्र पार्टी डोटी ले संगठन विस्तार अभियान- २०८१, को पहिलो चरण को संगठन विस्तार कार्यक्रम अन्तर्गत रास्वपा पूर्बीचौकी गाउँपालिका भेला को लागि कार्यतालिका सार्वजनिक गरेको थियो तर उक्त अभियान अन्तर्गत विविध कारणवश उक्त कार्यतालिका अनुसार आयोजना हुने भनिएको पूर्बीचौकि गाउँपालिका भेला, स्थगित गरि , पुनः यसै महिना फागुन -३ गते, पूर्बीचौकी गाऊपालिका को संयोजक समिति मा नैं पदपूर्ति गर्न, देश विदेशमा रहेका पालिका भरिका ,सक्रिय क्रियाशील सदस्य एवं अभिभावक वर्गहरू संग विभिन्न माध्यमबाट समन्वय सहकार्य र सरसल्लाह छलफल आदानप्रदान गरेरै, जिल्ला समिति का पदाधिकारी र सदस्यहरु लगायत सुप प्रदेश उप-सभापति श्री नरेन्द्र खड्का जी को विशेष उपस्थिति मा हाललाई सर्वसम्मतिले पालिका तदर्थ समिति मा जिम्मेवारी हेरफेर गरि पूनर्गठन गर्ने निष्कर्ष अनुसार निम्नलिखित वमोजिम कार्यक्रम सम्पन्न भएको छ।
सुप प्रदेश समिति का उप-सभापति श्री नरेन्द्र खड्का ज्यू लगायत , जिल्ला सभापति केशव बलायर, उपाध्यक्ष धन बहादुर बोहरा,सचिव केशभ परियार, सहसचिव जानकी खड्का कुँवर ज्यू, हरुको उपस्थिति संगै, पूर्बीचौकी गाउँपालिका का संयोजक टेकराज रावल ज्यूको नेतृत्वलाई निरन्तरता दिँदै,सर्वसम्मतिले पालिका तदर्थ समिति लाई पूनर्गठन गरिएको छ साथै उक्त कार्यक्रममा रास्वपाप्रति आस्थावान रही पार्टी प्रवेश गर्ने हरूलाई प्रदेश उपसभापति लगायत जिल्ला सभापति ज्यु को संयुक्त टोलीले स्वागत गर्नुभएको छ। उक्त जिल्ला समिति को प्रतिनिधित्व बाट मनोनित भएका रास्वपा पूर्बीचौकी गाउँपालिका तदर्थ समिती को नामावली यस प्रकार रहेको छ।
१) सभापति, टेक राज रावल
२) उपसभापति, मञ्जु खड्का
३) सचिव, पुरन खड्का
४) सहसचिव, अंकुश कुवर
५) कोषाध्यक्ष-- रिक्त
६) सदस्य, वीर बहादुर खड्का
७) सदस्य, रमेश चपडा
८) सदस्य, रेबति खड्का
९) सदस्य, मोहन चपडा
१०) सदस्य, मायादेवी खड्का
११) सदस्य -- रिक्त
उपरोक्त ११ सदस्य पालिका समिति गठन मा,सर्वसम्मत ले मनोनित भयका सम्पूर्ण सदस्य एवं पदाधिकारी ज्यूहरूलाई, कार्यकाल सफलताको लागि शुभकामना सहित बधाई छ र साथै रिक्त रहेका पदपूर्ति सम्बन्धी पालिका तदर्थ समिति ले छिट्टै सक्रियता देखाउनु हुनेछन्। पूर्बीचौकि गाउँपालिका समिति को आधिकारिक पालिका भेला को कार्यतालिका, संगठन विस्तार को दोस्रो चरणमा निर्धारित गरिने जानकारी, जिल्ला समिति ले सर्कुलर जारी गर्न निर्देशन गरेको हुनाले,पालिका को र वडा समिति मा आबद्ध रहेर नेतृत्व गर्न चाहने इच्छुक स्थानीयवासी र सक्रिय सदस्य हरूले जिल्ला समिति डोटी को सम्पर्क मा आउन पनि अनुरोध गर्दछौं।
(रास्वपा डोटी)

No comments:

Post a Comment

रास्वपा ११ सदस्य पालिका समिति गठन!

राष्ट्रिय स्वतन्त्र पार्टी डोटी ले संगठन विस्तार अभियान- २०८१, को पहिलो चरण को संगठन विस्तार कार्यक्रम अन्तर्गत रास्वपा पूर्बीचौकी गाउँपालि...