कबिता “सृष्टिको चेतावनी”
धर्ती हल्लीदै सोध्छ, “मान्छे हो, यो के गर्दै छस्?भगवान बन्न खोज्छस्, सबै जान्न खोज्छस्।म सृष्टी हुँ, मैले रचना गरेको, म भत्काउन सक्छु।त मान्छे होस्, मैले बनाएको मान्छे,किणो, कमिला, पन्छी, जिवाणुजस्तै एक सानो अंश।तर त आफूलाई विशेष ठान्छस्,मैले दिएको सक्ति आफ्नै विनाशमा लगाउँछस्।चल्न दे समयलाई आफ्नै गतीमा,त तँभन्दा ठूलो हुँदैनस, बुझ!तैले रोबोट बनाई, एआई सिर्जना गरिस्,तर आगो बनाउन सक्दैनस, आगोको राप नाप्न सक्दैनस।म लस एन्जलस जलाउने आगो हुँ,त बस नदेखिने खरानीमात्रै।म पानी हुँ, ७१ प्रतिशत धर्ती ओगट्ने,सुनामी, आँधीबेहरी, बाढी ल्याउन सक्छु।तर त पानी बनाउन सक्दैनस्, पानीको गती समाउन सक्दैनस्।समय चल्न दे, आफ्नै गतीमा।म हावा हुँ, जसले तेरो स्वास चलाउँछ,तर कोरोना झैँ रोगहरू सँगै ल्याउन सक्छु।धर्ती रमाइरहेछ, त मान्छे स्वास खोज्दै भौतारिँदैछस्।समयको लय नबिगार्, मान्छे हो, चल्न दे!म आकाश हुँ, धर्ती ढाक्ने चोलो,चिसोमा टाढा हुन्छु, तातोमा नजिक।तर तलाई सन्तुलन चाहिन्छ, बुझ्छस्?तर त आफै असन्तुलन हुँदैछस्, आफै सकिँदैछस्।त आफैले बनाएको विनाशको सिकार होस्,तेरो सत्रु अरू कोही होइन, मान्छे नै हो।तर समय चलिरहन्छ, सृष्टि चलिरहन्छ,त सानो मान्छे, यो सृष्टिको अंशमात्रै होस्।आफ्नो सीमा बुझ, समयलाई आफ्नै गतीमा चल्न दे।”
✍ ईन्द्रजित
No comments:
Post a Comment