राष्ट्रिय स्वतन्त्र पार्टी डोटी ले संगठन विस्तार अभियान- २०८१, को पहिलो चरण को संगठन विस्तार कार्यक्रम अन्तर्गत रास्वपा पूर्बीचौकी गाउँपालिका भेला को लागि कार्यतालिका सार्वजनिक गरेको थियो तर उक्त अभियान अन्तर्गत विविध कारणवश उक्त कार्यतालिका अनुसार आयोजना हुने भनिएको पूर्बीचौकि गाउँपालिका भेला, स्थगित गरि , पुनः यसै महिना फागुन -३ गते, पूर्बीचौकी गाऊपालिका को संयोजक समिति मा नैं पदपूर्ति गर्न, देश विदेशमा रहेका पालिका भरिका ,सक्रिय क्रियाशील सदस्य एवं अभिभावक वर्गहरू संग विभिन्न माध्यमबाट समन्वय सहकार्य र सरसल्लाह छलफल आदानप्रदान गरेरै, जिल्ला समिति का पदाधिकारी र सदस्यहरु लगायत सुप प्रदेश उप-सभापति श्री नरेन्द्र खड्का जी को विशेष उपस्थिति मा हाललाई सर्वसम्मतिले पालिका तदर्थ समिति मा जिम्मेवारी हेरफेर गरि पूनर्गठन गर्ने निष्कर्ष अनुसार निम्नलिखित वमोजिम कार्यक्रम सम्पन्न भएको छ।
Firkkaanews
New News for All
Translate
Sunday, February 16, 2025
रास्वपा ११ सदस्य पालिका समिति गठन!
राष्ट्रिय स्वतन्त्र पार्टी डोटी ले संगठन विस्तार अभियान- २०८१, को पहिलो चरण को संगठन विस्तार कार्यक्रम अन्तर्गत रास्वपा पूर्बीचौकी गाउँपालिका भेला को लागि कार्यतालिका सार्वजनिक गरेको थियो तर उक्त अभियान अन्तर्गत विविध कारणवश उक्त कार्यतालिका अनुसार आयोजना हुने भनिएको पूर्बीचौकि गाउँपालिका भेला, स्थगित गरि , पुनः यसै महिना फागुन -३ गते, पूर्बीचौकी गाऊपालिका को संयोजक समिति मा नैं पदपूर्ति गर्न, देश विदेशमा रहेका पालिका भरिका ,सक्रिय क्रियाशील सदस्य एवं अभिभावक वर्गहरू संग विभिन्न माध्यमबाट समन्वय सहकार्य र सरसल्लाह छलफल आदानप्रदान गरेरै, जिल्ला समिति का पदाधिकारी र सदस्यहरु लगायत सुप प्रदेश उप-सभापति श्री नरेन्द्र खड्का जी को विशेष उपस्थिति मा हाललाई सर्वसम्मतिले पालिका तदर्थ समिति मा जिम्मेवारी हेरफेर गरि पूनर्गठन गर्ने निष्कर्ष अनुसार निम्नलिखित वमोजिम कार्यक्रम सम्पन्न भएको छ।
Friday, January 24, 2025
कबिता “सृष्टिको चेतावनी”
धर्ती हल्लीदै सोध्छ, “मान्छे हो, यो के गर्दै छस्?भगवान बन्न खोज्छस्, सबै जान्न खोज्छस्।म सृष्टी हुँ, मैले रचना गरेको, म भत्काउन सक्छु।त मान्छे होस्, मैले बनाएको मान्छे,किणो, कमिला, पन्छी, जिवाणुजस्तै एक सानो अंश।तर त आफूलाई विशेष ठान्छस्,मैले दिएको सक्ति आफ्नै विनाशमा लगाउँछस्।चल्न दे समयलाई आफ्नै गतीमा,त तँभन्दा ठूलो हुँदैनस, बुझ!तैले रोबोट बनाई, एआई सिर्जना गरिस्,तर आगो बनाउन सक्दैनस, आगोको राप नाप्न सक्दैनस।म लस एन्जलस जलाउने आगो हुँ,त बस नदेखिने खरानीमात्रै।म पानी हुँ, ७१ प्रतिशत धर्ती ओगट्ने,सुनामी, आँधीबेहरी, बाढी ल्याउन सक्छु।तर त पानी बनाउन सक्दैनस्, पानीको गती समाउन सक्दैनस्।समय चल्न दे, आफ्नै गतीमा।म हावा हुँ, जसले तेरो स्वास चलाउँछ,तर कोरोना झैँ रोगहरू सँगै ल्याउन सक्छु।धर्ती रमाइरहेछ, त मान्छे स्वास खोज्दै भौतारिँदैछस्।समयको लय नबिगार्, मान्छे हो, चल्न दे!म आकाश हुँ, धर्ती ढाक्ने चोलो,चिसोमा टाढा हुन्छु, तातोमा नजिक।तर तलाई सन्तुलन चाहिन्छ, बुझ्छस्?तर त आफै असन्तुलन हुँदैछस्, आफै सकिँदैछस्।त आफैले बनाएको विनाशको सिकार होस्,तेरो सत्रु अरू कोही होइन, मान्छे नै हो।तर समय चलिरहन्छ, सृष्टि चलिरहन्छ,त सानो मान्छे, यो सृष्टिको अंशमात्रै होस्।आफ्नो सीमा बुझ, समयलाई आफ्नै गतीमा चल्न दे।”
✍ ईन्द्रजित
Tuesday, January 7, 2025
तिब्बतमा शक्तिशाली भूकम्प, ३६ जनाको मृत्यु
चीनको तिब्बत क्षेत्रमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पले हालसम्म ३६ जनाको ज्यान लिएको छ। सीजीटीएनका अनुसार, भूकम्पको तीव्रता ६.८ म्याग्निच्युड रहेको थियो। नेपालका भूकम्पमापन केन्द्रले भने यसको तीव्रता ७ म्याग्निच्युड मापन गरिएको जनाएको छ।
यो भूकम्प नेपाली समय अनुसार बिहान ६:५० मा तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर गएको हो। भूकम्पको प्रभाव काठमाडौंसम्म महसुस गरिएको थियो। नेपालमा भने हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको प्रहरीको भनाइ छ७.१ म्याग्निच्युडको भूकम्प
Saturday, January 4, 2025
रक्सीको बोतलमा क्यान्सरको चेतावनी राख्न अमेरिकाका वरिष्ठ डाक्टरको आह्वान
अमेरिकाका एक जना वरिष्ठ डाक्टरले रक्सीका बोतलमा क्यान्सरको चेतावनी राख्न आह्वान गर्नुभएको छ । एउटा नयाँ अनुसन्धानले रक्सीका कारण सात किसिमको क्यान्सर हुने निष्कर्ष निकालेपछि अमेरिकी वरिष्ठ शल्यचिकित्सक जनरल विवेक मूर्तिले चुरोटको बट्टामा जस्तै रक्सीको बोतलमा पनि क्यान्सरको चेतावनी दिन आह्वान गर्नुभएको बीबीसीले जनाएको छ ।
अमेरिकामा भएको पछिल्लो अनुसन्धानले रक्सीका कारण घाँटी, कलेजो, अन्ननली, मुख, गला, आन्द्रा र महिलामा स्तन क्यान्सर हुने जोखिम अधिक हुने देखाएको छ । रक्सीकै कारण अमेरिकामा बर्सेनि १० लाख जनामा क्यान्सर देखिने र तीमध्य २० हजार जनाको ज्यान जाने गरेको अध्ययनले देखाएको छ ।
अमेरिकामा सुर्ती र मोटोपनापछि क्यान्सरको तेस्रो कारण रक्सी देखिएको छ । डाक्टर मूर्तिले अमेरिकामा रक्सी र चुरोटसम्बन्धी चेतावनी सन् १९९८ पछि अध्यावधिक नगरिएको भन्दै अब अध्यावधिक गरेर रक्सीको बोतलमा अनिवार्य चेतावनी समेट्न आग्रह गर्नुभएको छ । रक्सीको बोतलमै गर्भवती महिलाले खान अयोग्य भनेर लेख्न समेत उहाँको माग छ ।
डाक्टर श्री मूर्तिले रक्सी खानको लागि सिफारिस गरिएका सीमाहरूको पुनः मूल्याङ्कन गर्न र रक्सी र क्यान्सरसम्बन्धी शिक्षा प्रयासहरूलाई बढावा दिन पनि आह्वान गर्नुभएको बीबीसीले जनाएको छ ।
‘ढोग दिया’ शब्दको दुरूपयोग भएको प्रति प्रतिष्ठानको आपत्ति
काठमाडौ📌। ‘ढोग दिया’ शब्दको दुरूपयोग भएको प्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष धु्रवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गरेका हुन् ।
प्रेस विज्ञप्ति जारी गर्दै उनले भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदाय सँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत सङ्गीत प्रसारणमा रोक लगाउनका लागि सम्बन्धित निकाय सँग माग गरेका छन् ।
काली–कर्णालीको मौलिक संस्कार र सभ्यता सँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य तत्काल बन्द हुनुपर्ने उनको भनाइ रहेको छ । संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरू माथि उनले कारबाहीको माग गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा मान्यजनको आदर गर्दै खुट्टामा दण्डवत् प्रणाम गरी आर्शिवाद लिने कार्यलाई ढोग दिने भनिन्छ ।
रासस
Friday, January 3, 2025
डोटी पुर्विचौकी ४ सानागाउँको भुवा नाच- Video हेर्नुहोस!
।
Thursday, January 2, 2025
बाल कलाकार एवं गायक सचिन परियारको निधन!
बाल कलाकार एवं गायक सचिन परियारको उपचारको क्रममा महाराजगंज टिचिंग अस्पतालमा निधन भएको छ। उनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए। ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन्।
प्रहरीको फरेन्सिक रिपोर्ट : सहकारीमा लामिछानेको हस्ताक्षर नै नक्कली !
सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नै नक्कली भएको प्रहरीकै फरेन्सिक प्रतिवेदनबाट पुष्टि भएको छ । प्रहरीले लामिछानेको नाम देखाएर गोर्खा मिडियामा गएको एक करोड कर्जालाई समेत ठगीको बिगो मानेर अभियोग दायर गरेको छ । तर, कर्जासम्बन्धी आन्तरिक फारममा रहेको हस्ताक्षर लामिछानेको नभएको भनेर प्रहरीको फरेन्सिक ल्याबले प्रतिवेदन दिएको छ ।
०७७ जेठ र असारमा सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको ग्लोबल आइएमई बैंक खातामा जम्मा भएको एक करोड रुपैयाँ रवि लामिछानेको नाममा कर्जा देखाइएको थियो । तर, प्रहरी अनुसन्धानकै क्रममा सो हस्ताक्षर लामिछानेको वास्तविक हस्ताक्षरसँग मेल नखाएको उल्लेख छ । प्रहरीले सरकारी वकिल कार्यालयमा पठाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा सो फरेन्सिक रिपोर्ट समावेश भए पनि अदालतमा भने नभेटिएको स्रोत बताउँछ ।
बुधबार कास्की जिल्ला अदालतमा भएको थुनछेक बहसका क्रममा जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले समेत उक्त कर्जा खाता कृत्रिम रहेको स्वीकार गरेकी छिन् । न्यायाधीश नीतिज राईले सहकारीबाट लामिछानेको नाममा एक करोड रकम गएकोमा उनको इन्कारी बयान सम्झाएपछि काफ्लले कृत्रिम रहेको जानकारी दिएकी हुन् ।
अनुसन्धानको क्रममा उक्त रकम लामिछानेले कुनै बैंक खातामार्फत वा नगद लिएर व्यक्तिगत हिसाबमा खर्च नगरेको प्रमाणित भएको छ । लामिछाने पक्षका वकिलहरूले गोर्खा मिडियाको खातामा जम्मा भएको रकम लामिछानेले निजी रूपमा प्रयोग नगरेको र उनीमाथि एक करोड रकमको बिगो लगाउनु बदनियतपूर्ण भएका बताएका छन् ।
रास्वपा ११ सदस्य पालिका समिति गठन!
राष्ट्रिय स्वतन्त्र पार्टी डोटी ले संगठन विस्तार अभियान- २०८१, को पहिलो चरण को संगठन विस्तार कार्यक्रम अन्तर्गत रास्वपा पूर्बीचौकी गाउँपालि...
-
कबिता “सृष्टिको चेतावनी” धर्ती हल्लीदै सोध्छ, “मान्छे हो, यो के गर्दै छस्? भगवान बन्न खोज्छस्, सबै जान्न खोज्छस्। म सृष्टी हुँ, मैले रचना गर...
-
हाम्रो देश नेपाल विभिन्न भाषा, कला र सांस्कृतिक दृष्टिकोणबाट अभूतपूर्व छ। हरेक क्षेत्रमा आफ्ना-आफ्ना जाति, धर्म र परम्परागत मूल्य र मान्यताक...
