Translate

Friday, December 27, 2024

भारतमा पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सात दिन राष्ट्रिय शोक



प्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक!

 भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोही अनुरुप आजका लागि तय भएका सम्पूर्ण सरकारी समारोह रद्द गरिएका छन्।पूर्व प्रधानमन्त्री सिंहको बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको हो ।  भारतीय सरकारले उनको अन्तिम संस्कार शनिबार राजकीय सम्मानका साथ गरिने भएको छ। । अन्त्येष्टिका दिन शनिबार विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ । थुप्रै राज्य सरकारहरुले पनि सिंहको निधनमा शोक घोषणा गरेका छन्।केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ । प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ । कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सात दिने राजकीय शोक र सार्वजनिक बिदाको घोषणा गरेको छ ।मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो । पञ्जाब विश्वविद्यालयमा भर्ना भएपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर गरे र त्यसपछि अक्सफोर्डबाट पीएचडी गरे।सिंहनिधनमा शोक घोषणा गरेका छन्।

1 comment:

रास्वपा ११ सदस्य पालिका समिति गठन!

राष्ट्रिय स्वतन्त्र पार्टी डोटी ले संगठन विस्तार अभियान- २०८१, को पहिलो चरण को संगठन विस्तार कार्यक्रम अन्तर्गत रास्वपा पूर्बीचौकी गाउँपालि...